PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

‘द भ्वाइस’ ड्रेस कोडको भित्री कथा



पहिलोपोस्ट

 ‘द भ्वाइस’ ड्रेस कोडको भित्री कथा

काठमाडौं : अहिले गायन रियालिटि सो ‘द भ्वाइस’ चर्चामा छ। गायन र प्रतिस्पर्धीसँगै चर्चामा छ निर्णायकहरुको लुगा। 

‘द भ्वाइस’का निर्णायकहरु साथै प्रस्तोताले लुगा नफेरेको आरोप छ। जस बारे सामाजिक सञ्जालमा निकै टिका टिप्पणी भएको देखिन्छ। हालै सोका होस्ट सुशिल नेपालले एउटै ड्रेसका विषयमा आफ्नो मुख खोलेका छन्।

निर्णायकको पहिरन कार्यक्रमको थिम अनुसार रहको उनले बताए। उनले तोकिएको एपिसोडमा एउटै प्रकारको ड्रेस लगाउनुपर्नेछ बताए। उनले भने ‘ड्रेसको बारेमा बजारमा धेरै हल्ला आएका छन् तर कार्यक्रम अन्तराष्ट्रियस्तरको भएको हुँदा गुणस्तर कायम गर्न एउटै किसिमको ड्रेस लगाएका हौं, हामीले अहिलेको ब्लाइण्ड अडिसन राउण्डभर एउटै ड्रेस लगाउने छौं भने यसपछिको ब्याटल राउण्डमा पनि त्यस्तै एकै प्रकारको ड्रेस लगाउने छौं'।

सोका लागि  छुट्टै कस्ट्यूम डिजाइनर पनि राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell