.jpg)
काठमाडौं : फिल्म 'बाँध मायाले' टिमले प्रचार अस्त्र नयाँ पोस्टर सार्वजनिक गरेको छ। दुई पोस्टरमा फिल्मका मुख्य अभिनेता आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचर्ड छन्। टिम यतिखेर प्रचारमा निकै व्यस्त देखिन्छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचार तीव्र पारेको हो।
यो आयनको तेश्रो फिल्म हो प्रदर्शनको हिसाबले सृष्टिको पनि तेश्रो फिल्म। फिल्मबाट दुवै आशावादी छन्। उनीहरुका पछिल्लो फिल्म खासै चलेन। बाँध मालाले रोमान्स जनरामा बनेको फिल्म हो। फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन्। उनी दुई पहिलोपटक एकासाथ फिल्ममा दुखिँदैछन्।
उनीहरुको केमेस्ट्रीलाई दर्शकले रुचाएका छन्। आर्यनले भोलीका दिनमा सृष्टिसँगै फिल्म अर्को गर्ने इच्छा गरेका छन्। पहिलोपोस्टसँग उनले भने 'सृष्टिसँग काम गर्दा एकदम सजिलो भयो। उ सँग अर्को फिल्म गर्ने मन छ।'फिल्ममा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल लगायतको अभिनय छ। फिल्म असोज ५ गतेदेखी प्रदर्शनमा आउनेछ। फिल्ममा अर्जुन पोखरेलको संगीत र बाबु श्रेष्ठको छायाँकन छ।