PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

 बाल दिवसमा महिला फूटबल, मेडलसँगै स्यानिटरी प्याड पुरस्कार



पहिलोपोस्ट

 बाल दिवसमा महिला फूटबल, मेडलसँगै स्यानिटरी प्याड पुरस्कार

सिराहा: बाल दिवसको अवसरमा आयोजित सिराहा जिल्ला, सुखीपुर जनता उ.मा.वि. मा छात्रा स्तरीय फुटबल कार्यक्रम सम्पन्न भएको छ। स्वदेशी लघुवित्त वित्तीय संस्थाले विद्यालयका महिला क्षात्राहरुको लागि प्रतियोगिता आयोजना गरेको हो। जसमा विजेता टोलीलाई मेडलसँगै स्यानिटरी प्याड वितरण गरियो।

जनता उच्च मा.विमा सम्पन्न भएको महिला फुटबल कार्यक्रम त्यस क्षेत्रको इतिहासमै पहिलो कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापकले बताए। कार्यक्रममा भने,'प्रतियोगिताले सुखीपुर र यस विद्यालयमा नयाँ इतिहास निर्माण गरेको छ। महिला सशक्तिकरणलाई बलियो र सक्रिय गराउँदै अघि बढ्नको निमित्त महिलाहरुकै सहभागितामा यस्तो कार्यक्रमहरु आवश्यक छ।'

स्वदेशी लघुवित्त वित्तीयका सामाजिक विकास अधिकृत विकल काफ्लेले कार्यक्रममा सहभागी छात्राहरुलाई मेडल तथा त्यसको अतिरिक्त सेनिटरी प्याड वितरण गरेका हुन्।

आफ्नो मन्तब्यको क्रममा सामाजिक विकास अधिकृत विकल काफ्लेले महिनावारी सरफाईका कुरालाई असामान्य रुपमा लिने र दैनिक गफहरुका विषयबाट टाढा राख्न नहुने बताए।  भने,'सेनिटरी प्याडलाई हामीले हाम्रो जीवनको महत्वपुर्ण आवश्यकता ठान्न अझै पनि हिच्किचाउँछौं र यसको सहि प्रयोगको निमित्त खुलेर विचार आदानप्रदान गर्न सक्दैनौं भने हामलिे महिला सशक्तिकरणको निमित्त गरेका हर कार्यक्रम कमजोर गफ मात्रै हुनेछ।'

समापन कार्यक्रममा सशस्त्र प्रहरी इन्स्पेक्टर, जनपथ प्रहरीका असई, स्थानीय युवा, बुद्धिजीवि, विद्यालय व्यवस्थापन समिति, स्वदेशी लघुवित्तका कर्मचारी तथा स्थानीय बासिन्दाहरुगरी करीब २०० भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell