PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

निर्मलाका आमाबुबाको प्रधानमन्त्रीलाई प्रश्नः हामीले न्याय पाउने कि नपाउने?



पहिलोपोस्ट

निर्मलाका आमाबुबाको प्रधानमन्त्रीलाई प्रश्नः हामीले न्याय पाउने कि नपाउने?

काठमाडौंः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका आमा बाबुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दै न्याय पाउने की नपाउने भन्दै प्रश्न गरेका छन्। 

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्यस क्षेत्रका सांसद तथा अधिकारकर्मीहरूसहित पुगेका उनीहरूले प्रधानमन्त्रीसँग यस्तो प्रश्न गरेका हुन्। 

‘कञ्चनपुरमा आन्दोलन गर्दा पनि न्याय पाएनौँ। त्यसैले काठमाडौँ आउन पर्यो‍। प्रधानमन्त्री ज्यू हामीले न्याय पाउने की नपाउने?’ निर्मलाकी आमा दुर्गा पन्तले गहभरि आँसु झार्दै भनिन्।

प्रधानमन्त्री ओलीले किशोरी निर्मलाको हत्याको घटनाले जोकोहीलाई पीडित तुल्याएको उल्लेख गर्दै सो घटनाका दोषीलाई उम्कन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले अपराधी ठूलो नहुने र त्यसलाई कावाहीको दायरामा ल्याउने बताए। 

प्रधानमन्त्री ओलीले सो घटनालाई आफूले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको भन्दै घटनालाई ढाकछोप हुन नदिन सरकारले छानबिन टोली परिचालन गरेको बताए। 

निर्मलाका आमाबुबासँगै प्रधानमन्त्रीलाई भेट्न पुगेका अधिकारकर्मीहरूले पनि प्रधानमन्त्री ओलीसँग पीडितलाई न्याय दिन आग्रह गरेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell