
काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो रक्षाका लागि अरिंगाल जस्तो जाई लाग्न नेता कार्यकर्ताहरूलाई दिएको निर्देशनको संसद्मामा चर्चा भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आलोचना गर्दै जवाफ समेत माग गरेका छन्।
आजको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद मिनाक्षी झाले प्रधानमन्त्रीको अरिंगाल जस्तो आक्रमण गर्नु भन्ने अभिव्यक्ति खेदपूर्ण रहेको बताइन्। उनले प्रधानमन्त्री जस्तो पदमा बस्ने व्यक्तिले यस्तो अभिव्यक्ति दिन नहुने बताउँदै प्रधानमन्त्रीलाई संयम हुन आग्रह गरिन्।
त्यसै गरी अर्का सांसद मीना पाण्डेले प्रधानमन्त्रीको अरिंगालको विषय कोप्रति लक्षित रहेको भन्दै प्रश्न गरिन्। उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताइन्।
सांसद राजेन्द्र कुमार केसीले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको बताए। विपक्षीमाथि अरिंगाल जस्तो जाइलाग्नु भन्ने कुराले जनता त्रसित रहेको उनले बताए। 'निर्मलाको हत्याराको बदला अरूलाई देखाउने विरुद्ध बोल्न अपराध हो? सुन काण्डमा बोल्नु अपराध हो?,' केसीले प्रश्न गरे।