PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सौर्य एयरलाइन्सको विमानमा ठोक्कियो चरा



पहिलोपोस्ट

सौर्य एयरलाइन्सको विमानमा ठोक्कियो चरा

काठमाडौं : सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको ९ एन ए एम ई कल साइनको विमानमा चरा ठोक्किएको हो। 

विमानको बायाँ इन्जिनमा चरा ठोक्किएका कारण विहान विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। विमानका दुईवटा पत्तीमा क्षति पुगेको छ। विमान मर्मतका लागि प्राविधिक टोली विराटनगर पुगिसकेका सौर्य एयरलाइन्सका मार्केटिङ म्यानेजर मुकेश खनालले जनाकारी दिए। खनालले भने, 'हाम्रो प्रविधिक टोली पुगिसकेको छ। के क्षति भएको छ हेर्छ। मर्मतपछि इन्जिनियरिङ टीमले नै टेष्ट उडान भरेर काठमाडौं ल्याउने छ।'

विमानमा ४८ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए। विमानका क्याप्टेनले विराटनगर विमानस्थल पुगेपछिमात्र चरा ठोक्किएको जानकारी दिएको म्यानेजर खनालले बताए।

यो जहाजले आज बिहान ७:४५ मा काठमाडौ -बिराटनगर उडान गरेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell