PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

बलिउडमा भूमिको चार्म



पहिलोपोस्ट

बलिउडमा भूमिको चार्म

बलिउड फिल्म इन्डस्ट्रीमा अभिनेत्री भूमि पेडनेकरको चार्म छुट्टै छ। उनी अभिनत फिल्म संदेशमुलक र विषयवुस्तु बोकेका हुन्छन्। अहिलेसम्म उनले गरेका सम्पुर्ण फिल्मलाई दर्शकले रुचाएका पनि छन्।

फिल्मकर्मी उनको अभिनयको खुलेर चर्चा गर्छन्। फिल्मको स्क्रिप्ट छनौटमा उनी निकै माहिर देखिन्छिन्। डेब्यू फिल्म 'दम लगाके हैसा'बाट उनले फिल्म फेयर अवार्ड नै पाइन्। दोश्रो फिल्म 'ट्वाइलेट एक प्रेमकथा' गरिन्। फिल्म व्यवसायिक रुपले सफल ‍भयो। त्यसपछि उनले अर्को फिल्म 'शुभ मंगलम सावधान' गरिन्। यो फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी थिइन्। उनी अहिले फिल्ममै काममा व्यस्त छन्।

लभ स्टोरी फिल्महरुमा अभिनय गरेकी पेड्नेकर आफूलाई सिंगल बताउने गर्छिन्। उनका प्रेम गसिप कमै सुनिन्छ। अन्य कलाकारले झै उनले पनि भारतीय मिडियालाई कामसँगै लभ परेको बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell