PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रतिनिधि सभाका समिति सभापतिको निर्वाचन आगामी शुक्रवार 



पहिलोपोस्ट

प्रतिनिधि सभाका समिति सभापतिको निर्वाचन आगामी शुक्रवार 

काठमाडौः सङ्घीय संसद् अन्तर्गतको तल्लो सदन प्रतिनिधि सभाका विषयगत समितिको सभापतिहरूको निर्वाचन आगामी शुक्रवार हुने भएको छ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले समिति सभापतिहरूको निर्वाचन ५ गते गर्न निर्देशन दिएका छन्।

यसअघि दुई पटक मिति तय गरिए पनि दलहरूबिच सहमति नहुँदा सभापतिको निर्वाचन हुन सकेको थिएन।सभामुख महराले शुक्रवार बिहान ११ बजे निर्वाचनको व्यवस्था गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छन्।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन्। समितिको सभापति चयन नहुँदा जेष्ठ सदस्यका आधारमा समितिको बैठक चल्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell