PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

ए डिभिजन लिगका लागि एपीएफको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त



पहिलोपोस्ट

ए डिभिजन लिगका लागि एपीएफको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
फोटो : गोलनेपाल डटकम

 

काठमाडौँ : सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्। 

‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ। उनलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो। तामाङले यसअघि थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्। 

‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि शुरु हुँदैछ। तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्न्यास लिएका थिए। खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell