PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

वर्ल्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न २ नेपाली खेलाडी पोल्यान्ड प्रस्थान



पहिलोपोस्ट

वर्ल्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न २ नेपाली खेलाडी पोल्यान्ड प्रस्थान

काठमाडौं : पोल्याण्डमा हुने वर्ल्ड युनिभर्सिटी भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले सहभागीता जनाउने भएका छन्। च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली सोमवार पोल्यान्डको पोड्लस्का प्रस्थान गरेको छ।

सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५६ केजीमा गणेश रानाभाट तथा महिला ५३ केजीमा मनीषा रानाभाटले प्रतिस्पर्धा गर्नेछन्।

टोली नेतामा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी तथा प्रशिक्षकमा संगमसिंह थापा रहेका छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र कोषाध्यक्ष शैलेश कर्माचार्यले सोमवारै बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell