PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एसिया कप : लगातार दुई खेल हारेपछि श्रीलंका बाहिरियो, अफगानिस्तान र बंगलादेश सुपर फोरमा



पहिलोपोस्ट

एसिया कप : लगातार दुई खेल हारेपछि श्रीलंका बाहिरियो, अफगानिस्तान र बंगलादेश सुपर फोरमा
फोटो : ICC

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग पराजित भएपछि श्रीलंका एसिया कप क्रिकेटबाट बाहिरिएको छ।

गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई ९१ रनले पराजित गर्दै ५० ओभरको क्रिकेटमा श्रीलंका विरुद्ध पहिलो जित हात पारेको हो।

श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो।

श्रीलंका बाहिरिएपछि अफगानिस्तान र बंगलादेश समूह चरणको खेल खेल्नुअघि नै सुपर फोरमा प्रवेश गरेका छन्।

आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४९ रन बनाएको थियो। उसका लागि रहमत शाहले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७२ रन बनाए। इहसानुल्लाहले ४५, हसमातुल्लाह साहिदीले ३७ तथा मोहमद सेहजादले ३५ रन जोडे।

श्रीलंकाका लागि थिसारा परेराले ५ विकेट लिए।

जवाफमा २५० रनको लक्ष्य पछ्याउको श्रींलका अफगानिस्तानी स्पीनरसामु टिक्न सकेन र ४१.२ ओभरमा १५८ रनमै अलआउट भयो। श्रीलंकाका लागि उपुल थंरगाले ३६, थिसारा परेराले २८ तथा धनन्जय डा शिल्भाले २२ रन बनाए।

अफगानिस्तानमा मुजिबुर रहेमान, रसिद खान, मोहम्मद नावी र अफताव आलमले २-२ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell