PahiloPost

May 16, 2026 | २ जेठ २०८३

दुर्घटनामा स्कुटर चालकको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा स्कुटर चालकको मृत्यु

नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ।

गैँडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प २६७५ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा परी ना ४१ प २६७५ नम्बरको स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell