PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

ज्यान मार्ने उद्योगका फरार अभियुक्त चुच्चेपाटीबाट पक्राउ



पहिलोपोस्ट

ज्यान मार्ने उद्योगका फरार अभियुक्त चुच्चेपाटीबाट पक्राउ

साँखुः फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ।

मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङ रहेका छन्। दुवै जना ज्यान मार्ने उद्योगमा फरार रहेका थिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell