
काठमाडौं : पछिल्लो समय वेब सिरिजको प्रचलन बढेको छ। देश विदेशमा रहेका नेपालीहरु सिरिज बनाउन सक्रिय भएका छन्।
कत्तिले यूट्युबबाट नै कमाएका पनि छन्। साकेवा मुभिजले पनि नियमित रुपमा वेब सिरिज सार्वजनिक गर्दै आएको छ। युवाहरुको कथामा आधारित सिरिज हो ‘माई बेस्ट फ्रेन्ड’। हरेक साता सिरिज प्रशारण हुन्छ।
अहिले ज्योतीराज राईको प्रस्तुति, रमु श्रेष्ठ राईको निर्माणमा बनेको वेभ सिरिजको १९ औँ भाग प्रशारणमा आइक्यो। सिरिजमा प्रयास घिमिरेको पटकथा/संवाद र अनिस श्रेष्ठको संगीत रहेको छ। भुवन सिंह राई, रोस्मिता श्रेष्ठ, प्रयास घिमिरे, सलिना गुरुङ, युनिसा अधिकारी लगायतको अभिनय छ।