PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

भजन साम्राट अनुप जलोटकी ३७ वर्ष कान्छी प्रेमिकाको हेर्नुस मोर्डन अवतार

भजन साम्राट अनुप जलोटकी ३७ वर्ष कान्छी प्रेमिकाको हेर्नुस मोर्डन अवतार

पहिलोपोस्ट /पहिलोपोस्ट


भजनकै कारण चर्चामा रहेका भजन साम्राट अनुप जलोटा यतिखेर फेरि चर्चामा छन्। यतिखे उनी चर्चामा कुनै भजनकै कारण या एल्बमका कारण भने भएका होइनन्। उनलाई चर्चामा तान्यो उनकी गर्लफ्रेन्डले। भारतको उत्तराखण्डको नैनतालमा जन्मिएका अनुप जलोटा बिवाहित हुन्, तीनवटा औपचारिक बिहे। 

अनुपले परिवारको इच्छाविपरित आफ्नै विद्यार्थी सोनाली सेठसँग बिहे गरेका थिए। उनको दोस्रो बिहे विना भाटियासँग भयो जुन सम्बन्ध विच्छेदमा पुगेर टुंगियो। तेस्रो बिहे उनले मेधा गुजरालसँग गरे। मेधा निर्देशक शेखर कपुरकी पहिली पत्नी पनि हुन्। २०१४ मा मेधाको मृत्यु भयो। 

अहिले भजन साम्राट यतिखेर ज्यासलिन माथुरसँग प्रेममा छन्। २८ वर्षकी गायिका माथुर अनुपकै संगीतकी चेलीसमेत हुन्। माथुरका प्रेमी अनुप जलोटा भने अहिले ६५ वर्षका हुन्। जलोटाभन्दा ३७ वर्ष कान्छी ज्यासलिनले केही फोटो सार्वजनिक गरिन् जसले बलिउडमा ब्यापक चर्चा पायो। हेर्नुस् भजन साम्राटकी पछिल्ली प्रेमिकाले इन्स्टाग्राममा अपलोड गरेका फोटो :

 


ट्रेन्डिङ पोस्ट

Ncell