PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नविन घिमिरेमाथि बिहीवारको दिन सुनुवाइ गर्ने समितिको निर्णय



पहिलोपोस्ट

नविन घिमिरेमाथि बिहीवारको दिन सुनुवाइ गर्ने समितिको निर्णय

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त नवीनकुमार घिमिरेमाथि आगामी बिहीवार संसदीय सुनुवाइ हुने भएको छ। संसदीय समितिले बिहीवार १ बजे सुनुवाइका लागि बैठक डाकेको छ। 

उनीविरुद्ध समितिमा कुनै पनि उजुरी परेको छैन। समितिले भदौ २३ गतेदेखि असोज १ गतेसम्म दश उजुरी भएमा समितिमा दर्ता गर्न सरोकारकालालाई आग्रह गरेको थियो। 

समितिले दिएको १० दिनको समय सोमबार सकिएको हो। सोमबार कार्यालय समयसम्म कुनै पनि उजुरी नपरेपछि सुनुवाइको मिति र समय तय गरिएको हो। 

करिब सात महिनादेखि प्रमुख आयुक्तविहीन रहेको अख्तियारमा संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो। संवैधानिक परिषदको पत्राचार अनुसार सुनुवाइ समितिले २३ गतेबाट सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरी माग गरेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell