PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

इपीएल : चितवन टाइगर्सको तेस्रो विदेशी खेलाडी जर्ज स्कट



पहिलोपोस्ट

इपीएल : चितवन टाइगर्सको तेस्रो विदेशी खेलाडी जर्ज स्कट

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि चितवन टाइगर्सले तेस्रो विदेशी खेलाडीको नाम घोषणा गरेको छ।

यसअघि दुई खेलाडीको नाम सार्वजनिक गरिसकेको चितवन टाइगर्सले मंगलवार इंग्लिस खेलाडी जर्ज स्कटलाई तेस्रो खेलाडीको रुपमा भित्र्याउन लागेको जनाएको छ।



इंग्लिसक काउन्टी क्रिकेटमा मिडलसेक्सबाट खेल्ने २२ वर्षीय जर्ज स्कटले ५ फस्ट क्लास, २ लिस्ट ए र १२ टी-२० म्याच खेलेका छन्। 

चितवन टाइगर्सले यस अघि नै इंग्लिस यू-१९ टोलीको पूर्व कप्तान म्याक्स होल्डेन र न्यूजिल्याण्डका जेम्स फुलरलाई विदेशी खेलाडीको कोटामा राखिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell