PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

यू-१९ वानडे सिरिजमा नेपाल चौथो, अन्तिम खेलमा अफगानिस्तानसँग ७१ रनले पराजित



पहिलोपोस्ट

यू-१९ वानडे सिरिजमा नेपाल चौथो, अन्तिम खेलमा अफगानिस्तानसँग ७१ रनले पराजित

काठमाडौँ : बीसीसीआईको आयोजनामा भारतको लखनउमा भइरहेको क्वाड्राङगुलर यू-१९ वान डे सिरिजमा नेपाल चौथो भएको छ।

चार टोली सहभागी सिरिजमा नेपालले लिग चरणमा अफगानिस्तानलाई पराजित गरेको थियो। तर तेस्रो स्थानको लागि मंगलवार भएको खेलमा त्यही अफगानिस्तानसँग ७१ रनले पराजित भएपछि नेपाल अन्तिम  भएको हो।

रियाद हसनले अलराउण्डर प्रदर्शन गर्दै शतक बनाउनका साथै ४ विकेट लिएपछि लगातार दोस्रो पटक अफगानिस्तानलाई हराउने नेपालको चाहना पुरा हसन सकेन।

एकान इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा २४५ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोली ४५ ओभरमा १७३ रनमै अलआउट भयो।

नेपालका लागि मुख्य समस्याको रुपमा रहेको ब्याटिङमा कुनै खेलाडीले ३० रनको आँकडा छुन सकेनन्। कप्तान मोहम्मद आरिफ शेख र लोकेश बामले २५-२५ रन बनाए भने अरुण ऐरीले २४ तथा पवन सराफले २३ रन जोडे।

नेपाललाई अलआउट गर्न अफगानिस्तानका रियाद हसनले ९ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए। रिजवानुल्लाहले २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर रियाद हशनको शतक मद्दतमा पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २४४ रन बनाएको थियो। हसनले अन्तिमसम्म ब्याटिङ गर्दै ११७ रन बनाए। ५० ओभरको खेलमा आधा इनिङ्स एक्लै खेलेका हसनले १२ चौका र २ छक्का प्रहार गरे। यस्तै बसिर खान सिरले ३२ रन जोडे। यी दुईले पाँचौ विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। यस्तै अरिफ खान दलवतजाईले २४ रन जोडे।

बलिङमा नेपालका सागर ढकाल, पवन सराफ र मोहम्मद सांसद आलमले २-२ विकेट लिए। १० ओभर बलिङ गरेका सागरले ३ मेडन राख्दै २८ रन मात्र खर्चिए।

नेपालले लिग चरणको खेलमा अफगानिस्तानलाई २५ रनले पराजित गरेको थियो।

यस्तै लिग चरणमा अपराजित रहेको भारतको यू-१९ ए टिमलाई फाइनलमा १० रनले पराजित गर्दै भारतको यू-१९ बी टिमले सिरिजको उपाधि जितेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell