PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

'प्रसाद'को लिरिकल भिडियो 'लै लै'

'प्रसाद'को लिरिकल भिडियो 'लै लै'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : फिल्म 'प्रसाद'को लिरिकल भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले पहिलो प्रचार अस्त्रको रुपमा फस्टलुक पनि सार्वजनिक गरेको छ।

टिमले गणेश शाहीको शब्द, सुवाष भुषालको संगीत, केतन क्षत्रीको स्वरमा 'लै लै' बोलको लिरिकल भिडियो सार्वजनिक गरेको हो। भिडियोमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत फिचर्ड छन्। फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन्।

गीतमा फिल्मका पोस्टर नै प्रयोग गरिएको छ। सुवास थापाको निर्माण रहेको फिल्ममा पत्रकार सुशील पौडेलको पटकथा तथा संवाद रहेका छ। फिल्ममा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा ल्याउने असरको विषय देखाउन खोजिएको निर्देशक राउतले बताए। फिल्म आगामी मंसिर २१ देखी प्रदर्शनमा आउँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell