
सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्ड कपको क्वालिफायर अन्तर्गत एसिया क्षेत्रको पहिलो चरणको छनोटका लागि प्रारम्भिक नेपाली टोलीको नाम सार्वजनिक भएको छ।
आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनोट समितिले १८ खेलाडी छनोट गरेका हुन्।
उक्त सूचीमा शरद भेषावकर, शहाब आलम र दिपेश श्रेष्ठले पनि स्थान बनाएका छन्। यस्तै राष्ट्रिय ६ोलीका नियमित सदस्य रहेका रोहित पौडेलले भने टी-२० क्वालिफायर नखेल्ने भएका छन्। उनलाई बंगलादेशमा हुने यू-१९ एसिया कपको लागि रिलिज गरिएको राष्ट्रिय टिमका व्यवस्थापक तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
गत अगष्ट पहिलो साता नेदरल्याण्ड्ससँग भएको ओडिआई सिरिजमा औँलामा चोट लागेका कारण शरदले एसिया कप छनोट खेलेका थिए। झण्डै ६ साताको आरमपछि उनी टिममा परेका हुन्।
प्रारम्भिक सूचीमा परेका १८ बाट १४ सदस्यीय अन्तिम खेलाडी छनोट गरिनेछ।
एसिया क्षेत्रको छनोटको समूह बी मा रहेको नेपालले सेप्टेम्वर २० बाट तयारी सुरु गर्नेछ। छनोट प्रतियोगिता अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुनेछ।
समूह बी मा रहेको नेपालले म्यानमार, मलेसिया, थाइल्याण्ड, चीन, भुटान र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। यस चरणमा शीर्ष तीन स्थानमा रहने टोली एसिया क्षेत्रकै दोस्रो चरणको छनोटका लागि छानिनेछ। जहाँ कूल ६ टिमबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट उत्कृष्ट दुई टिम ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ।
१८ सदस्यीय नेपाली टोली:
पारस खड्का (कप्तान) , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरी , सागर पुन, सन्दीप लामिछाने, शहाब आलम, शरद भेषावकर, सोमपाल कामी, सुनिल धमला
खेलतालिका: