
वैकल्पिक खेलाडी रोवर्टो फिर्मिनोले इन्जुरी टाइममा गोल गरेपछि युरोपियन्स चयाम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुले फ्रेन्च क्लब पीएसजीलाई ३-२ ले पराजित गरेको छ।
समूह सी अन्तर्गत भंएको खेलमा ड्यानिएल स्टुरिज र जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई घरेलु मैदानमा २-० को अग्रता दिलाएका थिए। तर थोमस मुनिएर र किलियन एम्बाप्पेले गोल गरेपछि पीएसजी खेलमा पर्किएको थियो। खेल बराबरीतर्फ अगाडी बढिरहेको बेला फिर्मिनोले इन्जुरी टाइममको दोस्रो मिनेटमा गोल गर्दै लिभरपुललाई जित दिलाए।
यसै समूहको अर्को खेलमा नेपोली एफके जेज्दासँग गोलरहित बराबरीमा रोकिएको छ।
समूह ए अन्तर्गत भएको खेलमा एट्लेटिको मड्रिडले मोनाकोलाई २-१ तथा बोरुसिया डर्टमण्डले क्लब ब्रुगलाई १-० ले पराजित गरेका छन्।
यसैगरी समूह डी को खेलमा गालातासारेले लोकोमोतिभ मस्कोलाई ३-० ले पराजित गर्दा पोर्टव र साल्केले १-१ गोलको बराबरी खेलेका छन्।