PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रहरीमा व्यावसायिक आचरणमा प्रश्नः चार महिनामा एसएसपीसहित ४९ जना निलम्बित



पहिलोपोस्ट

प्रहरीमा व्यावसायिक आचरणमा प्रश्नः  चार महिनामा एसएसपीसहित ४९ जना निलम्बित

काठमाडौँः विभिन्न अभियोगमा एसएसपीसहित ४९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले चार महिनाको अवधिमा निलम्बन गरेको छ । गत वर्षको यही चार महिनामा भने ६४ जना प्रहरीहरू निलम्बनमा परेका थिए। यसरी निलम्बित हुनेहरूमा २ एसएसपी समेत थिए। 

गत वैशाखमा ३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनीलाई अदालतले थुनामा पठाएसँगै निलम्बनमा परेका थिए। उच्च अदालत विराटनगरले जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै लोहनीलाई रिहा गर्न  अदालतले आदेश दिएको छ। 

भदौ महिनामा भने एसपीसहित ५ प्रहरी अधिकृत निलम्बित भइसकेका छन्। निर्मला पन्त प्रकरणमा लापरबाही गरेको भन्दै एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्बनमा परेका छन्। प्रहरी व्यवहार र आचरण अनुसार प्रहरीलाई कारबाही गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता शैलेक थापा क्षेत्री बताउँछन्।

यही चार महिनाको अवधिमा ४ सय ९५ जना प्रहरी कारबाहीमा परे। यसरी कारबाहीमा पर्नहरुमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन्। चार महिनामा ३ सय ५० जना प्रहरी जवान कारबाहीको भागीदार बनेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

कारबाही भोग्नेमा दुई जना एसएसपी समेत छन्। नागरिकसामु धमिलिँदै गएको प्रहरीको छविको अर्को पाटो हो कारवाही जसले अझै पनि प्रहरीको नाक जोगाउन मद्दत गर्न सक्छ।

२०७४ साल वैशाखदेखि साउनसम्म ७ सय २२ जना कारबाहीमा परेका थिए। चार महिनाको अवधिमा तीन जना प्रहरीको पद घटुवा गरिएको थियो। ११ जना प्रहरीको बढुवा रोक्का गरिएको थियो। गत वर्ष २ हजार २ सय ६५ प्रहरीहरुलाई विभागीय कारबाही गरिएको थियो, यस्तै यस्तै प्रकरणमा।

त्यस्तै  वैशाखदेखि साउन मसान्तसम्म उत्कृष्ट कार्यसम्पादन गर्ने १३ सय ५३ प्रहरी अधिकृतहरू पुरस्कृत पनि  भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell