PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सुनीलको ‘द गिफ्ट’ प्रथम



पहिलोपोस्ट

सुनीलको ‘द गिफ्ट’ प्रथम

काठमाडौं : 'नेपाली सिनेमा स्क्रिप्ट राइटिङ कम्पिटिसन–३' मा सुनील गुरुङको ‘द गिफ्ट’ प्रथम भएको छ। उनले उपाधिसँगै नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

उनले लेखेको स्क्रिप्टमा माओबादी युद्धकालमा आर्मी बन्न चाहने युवक र नर्सिङ पेशा रोज्ने युवतीबीचको प्रेमकथा समेटिएको छ। ग्रिन हिल्स इन्टरटेनमेन्ट र न्यू नेपाली सिनेमाले विजेता घोषणा गरेको हो। कार्यक्रममा फिल्म निर्माता छविराज ओझा, माधव वाग्ले तथा आयोजक संस्थाका प्रमुख मनोजले विजेता सुनीललाई पुरस्कार रकमको चेक प्रदान गरेका थिए।

अष्ट्रेलिया निवासी फिल्म निर्माता तथा निर्देशक मनोज अधिकारीले सन् २०१२ बाट सुरु स्क्रिप्ट राइटिङ कम्पिटसन सुरु गरेको हो।

रियाज नतकारको ‘मी र म’ र विपिन भुषालको ‘अड वान आउट’ उत्कृष्ट तीनमा परेका हुने।  नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासोलाई मध्यनज राखेर प्रतियोगीता आयोजना गरिएको अधिकारीले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell