PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कुन जोडी हिट होला?



पहिलोपोस्ट

कुन जोडी हिट होला?

काठमाडौं : आगामी शुक्रवार दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन्। रेनशा बान्तवा राई निर्देशित 'इन्टु मिन्टु लन्डनमा' र सवीर श्रेष्ठ निर्देशित 'बाँध मायाले' प्रदर्शनमा आउने फिल्महरु हुन्। दुवै फिल्म रोमान्स विधामा बनेका छन्।

'बाँध मायाले'मा अभिनेत्री सृष्टि श्रेष्ठ र आर्यन अधिकारीको मुख्य अभिनय छ। साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय 'इन्टु मिन्टु लन्डनमा' देख्न पाइन्छ।

दर्शक अनि हलका सोहरुमा दुई फिल्मको प्रतिष्पर्धा पक्का छ। प्रचारमा दुवै फिल्मका निर्माण टिमले समय खर्चेका छन्। फिल्मका टिमले गीतदेखी ट्रेलर लगायतको प्रचार अस्त्र सार्वजनिक गरे। 'इन्टु मिन्टु लन्डनमा'का गीतहरु चर्चामा आए। तर आर्यन र सृष्टि अभिनित फिल्मका गीत खासै चर्चामा आएन। टिमले प्रचारका नयाँ अस्त्र प्रयोगमा ल्याएको छ। टिमले 'खल्ती डिजिटल वालेट' मार्फत फिल्मको टिकट खरिद गर्ने दर्शकलाई 'क्यास व्याक'को अफर ल्याएको हो।

टिकटको पैसा तिरेको केहि क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउने टिमले जनाएको छ। यसअघि 'इन्टु मिन्टु लन्डनमा' टिमले यूट्युब मार्फत नै प्रचार सुरु गरेका थिए।  

फिल्म प्रदर्शनको काउन्ट डाउन सुरु भइसक्यो। अब दुई फिल्मले दर्शकको कस्तो साथ पाउला त्यो फिल्म रिलिजपछि थाह हुनेछ। उक्त मितिमा नै प्रदर्शनमा आउने विदेशी फिल्म 'बत्ती गुल मीटर चालू'सँग दुई फिल्मले प्रतिष्पर्धा गर्नुपर्नेछ। फिल्ममा बलिउड अभिनेता साहिद कपुर र श्रद्धा कपुरको मुख्य अभिनय छ। साहिद र श्रद्धा, आर्यन र सृष्टि, साम्राज्ञी र धिरजको जोडी कसले बाजी जीत्ला असोज ५ मा थाह हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell