PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

मन्त्रीकै नेतृत्वमा संविधान दिवसको विरोध



बीपी साह

मन्त्रीकै नेतृत्वमा संविधान दिवसको विरोध

काठमाडौं : मधेश केन्द्रित दलसहित मधेशमा आधारित विभिन्न संगठनले संविधान दिवसको विरोध गरेका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेशका जिल्लाहरुमा केन्द्रीय नेतालाई खटाएर विरोध प्रदर्शन गरेका छन्। प्रदेश २ का जिल्लामा भने राजपाले प्रदेश २ का मन्त्रीहरुलाई खटाएका छन्। मन्त्रीहरु कै नेतृत्वमा प्रदेश दुईमा विरोध प्रदर्शन भएको छ।

आज दिउँसो विभिन्न सरकारी कार्यालयमा राजपाले कालो झण्डा गाडेका छन्।

यसैगरी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चुनौती दिँदै संघीय समाजवादी फोरमका नेता तथा कार्यकर्ताहरुले संविधान दिवसको विरोध गरेका छन्।

उपाध्यक्ष रेणु यादवले नै समाजिक सञ्जालमार्फत् संविधान दिवसको विरोध गर्दै कालो दिवस मनाएको जनाएकी छिन्। फोरमका अन्य नेता तथा कार्यकर्ताहरुले पनि अध्यक्षलाई चुनौती दिँदै संविधानको विरोध गरेका छन्।

यसैगरी जनकपुरधाममा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले शक्ति प्रदर्शन गरेका छन्। हजारभन्दा बढी समर्थकहरुका बीच राउतले मधेशी शहीदको सपना साकार पार्ने बतए। 

धनुषाबाट मात्रै राउतका २ सयभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन्। जनकपुरधाम आउन लागेका सिरहाका कार्यकर्ताहरुको बसलाई प्रहरीले मिर्चैयामै रोकेको थियो।

यता काठमाडौंको माइतीघर मण्डलामा विभिन्न मधेशी संघ संस्थाले विरोधका कार्यक्रम गरे। सोही क्रममा १८ जनाभन्दा बढी पक्राउ परेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell