PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

चिनियाँ उप-राष्ट्रपतिसँग प्रचण्डको भेट, के भयो कुराकानी?



पहिलोपोस्ट

चिनियाँ उप-राष्ट्रपतिसँग प्रचण्डको भेट, के भयो कुराकानी?

चीन : भारत भ्रमण लगत्तै उत्तरी  छिमेकी चीन भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेट गरेका छन्। भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउँदै अबको अविभारा देशको समृद्धि रहेको बताए। त्यसको आधारका रुपमा कम्युनिष्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरेको उनको भनाइ थियो। 

प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताएका थिए। 

उपराष्ट्रपति सानले प्रचण्डको तारिफ गरेको उनको सचिवालयले जनाएको छ। उप राष्ट्रपतिलाई उदृत गर्दै प्रचण्ड सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, 'तपाईँलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। तपाई हाम्रो पुरानो कमरेड हुनुहुन्छ। तपाईँसँग भेट गर्न पाउँदा हामीलाई खुसी लाग्छ। तपाईँ हाम्रो पहिले पनि भेट भएको थियो।'

प्रचण्डले चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई बुधवार सम्बोधन गरेका थिए। उक्त समारोहमा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell