PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमिलो रोपेर सुन्तलाको आश नगरौं, कम्यूनिष्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन : केसी



चन्द्रकान्त खनाल

अमिलो रोपेर सुन्तलाको आश नगरौं, कम्यूनिष्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन : केसी

रुपन्देही: नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कम्यूनिष्ट कहिल्यै पनि लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन्।

प्रेस यूनियन रुपन्देहीको २० औं साधारणसभा तथा आठौं अधिवेशनलाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता केसीले सरकार निरंकुश बन्दै गएको आरोपसमेत लगाए।

‘अमिलो रोपेर सुन्तलाको आश गर्नुहुँदैन, कम्यूनिष्टबाट लोकतन्त्र आउँदैन’ उनले भने। उनले स्वतन्त्र प्रेस र न्यायलयमाथि सरकारले हस्तक्षेप गर्नु त्यसको परिणाम भएको बताए। 

उनले दुई तिहाईको सरकारले डराएर प्रेसलाई अंकुश लगाएको बताए। पूर्वमन्त्री समेत रहेका केसीले प्रेस स्वतन्त्रता कुण्ठित भए लोकतन्त्र पनि नहुने बताए।‘प्रेसलाई नियन्त्रण गर्नु भनेको जनतालाई सूचनाको हकबाट बञ्चित गराउनु हो,’ उनले भने।

काँग्रेस लोकतन्त्रको पक्षधर भएकाले प्रेस स्वतन्त्रता कुण्ठित गरिए कडा प्रतिवादमा उत्रने बताए। पत्रकारितालाई अझ सशक्त बनाउन आग्रह गर्दै काँग्रेस लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताए। उनले दुई तिहाईको सरकारले विकासको हावादारी सपना देखाएको आरोप लगाए। 

नेपाली काँग्रेस रुपन्देहीका सभापति एंव पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले साईबर क्रामका नाममा पत्रकारहरुलाई दुःख दिइएकाले सरकार निरकुश बन्न थालेको आरोप लगाए।

कार्यक्रममा जीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार छवि पाण्डे पुरस्कृत भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell