PahiloPost

May 16, 2026 | २ जेठ २०८३

झारफुक गर्न बोलाएर १३ वर्षकी बालिकाको बलात्कार



पहिलोपोस्ट

झारफुक गर्न बोलाएर १३ वर्षकी बालिकाको बलात्कार
प्रतीकात्मक फोटो

रौतहट : १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रौतहट प्रहरीले माधवनारायण नगरपालिका ४ बस्ने ४२ वर्षीय सुरेश गिरीलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो। गिरीले मङ्गलवार राति झारफुक गर्ने बहानामा बोधी माई नगरपालिकी एक १३ वर्षीया बालिकालाई एकान्त स्थानमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell