PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

असोज १३ बाट हुने ए डिभिजन लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एनआरटी र आर्मी भिड्ने



पहिलोपोस्ट

असोज १३ बाट हुने ए डिभिजन लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा एनआरटी र आर्मी भिड्ने

काठमाडौं :  अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ।

बुधबार भएको ड्र अनुसार उद्घाटन खेलमा न्यूरोड टिम एनआरटी र त्रिभुवन आर्मी भिड्नेछन्।

एनआरटी र आर्मीबीचको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। पहिलो खेल एक खेल मात्र हुनेछ भने दोस्रो दिनबाट दुई-दुई खेल हुनेछ।

नन-रेलिगेसन माघ १६ गतेसम्म सञ्चालन हुनेछ। लिगमा  'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी,  थ्री स्टार, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा क्लब, मछिन्द्र क्लब,  सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्ने छन्।

राउण्ड रोविन लिगको आधारमा हुने लिगमा कुल ९१ खेल हुनेछ। लिगको विजेताले ट्रफी र नगद ५० लाख पाउनेछन्।


यस्तो छ पहिलो चरणको खेल तालिका :

असोज १३ : एनआरटी भर्सेस त्रिभुवन आर्मी

असोज १४ : ब्रिगेड ब्वाइज भर्सेस मनाङ मर्स्याङ्दी

                  मछिन्द्र भर्सेस च्यासल युथ

असोज १५ : फ्रेन्ड्स भर्सेस थ्री स्टार

                  जावलाखेल भर्सेस नेपाल पुलिस

असोज १६ : हिमालयन शेर्पा भर्सेस एपीएफ

                  सरस्वती युथ भर्सेस संकटा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell