PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

संसदमा प्रश्न : राज्यको भत्ता खाने अनि कालो दिवस मनाउने?



पहिलोपोस्ट

संसदमा प्रश्न : राज्यको भत्ता खाने अनि कालो दिवस मनाउने?

काठमाडौं : संविधान दिवसको विरोध गर्ने नेतामाथि प्रतिनिधिसभामा कटाक्ष गरिएको छ। राज्यको भत्ता खाएर कालो दिवस मनाउन नमिल्ने भन्दै सांसदहरुले विरोध जनाएका हुन्।

सांसद झपट रावलले महन्थ ठाकुरप्रति लक्षित गरी राज्यको भत्ता खाएर कालो दिवस मनाएकोमा विरोध जनाए।

‘हामी निर्वाचित भएर आएपछि हामी सबैलाई सपथ गराउने ठाकुर र सरकारमा रहेका दल राज्यको सेवा सुविधा लिइरहेका छन्। यो संविधानलाई कालो दिनको चित्रित गर्नु हुँदैछ। सत्ताको सेवा लिने अनि कालो दिवस मनाउने?,’ रावलले भने।

यसैगरी सांसद गंगा चौधरी सत्गौवाले पनि संविधान दिवसको विरोधमा कालो दिवस मनाइको कुरा संसदमा राखेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell