PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दुर्गा पौडेले भइन् 'मिसेस ग्लोबल नेपाल २०१८'



पहिलोपोस्ट

दुर्गा पौडेले भइन् 'मिसेस ग्लोबल नेपाल २०१८'

काठमाडौं : 'मिसेस ग्लोबल नेपाल २०१८'को उपाधि दुर्गा पौडेले जितेकी छन्। १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। उपाधिसहित उनले उपहार र मस्ट कन्फिडेन्सको सबटाइटल प्राप्त गरिन्।

त्यस्तै प्रतियोगितामा लिलादेवी निरौला फस्ट रनरअप भइन्। उनले उपाधि बाहेक बेस्ट ट्यालेन्ट र मिसेस पब्लिक च्वाइसको टाईटल प्राप्त गरिन्। त्यस्तै सेकेन्ड रनरअप भएकी सिसम कार्कीले मस्ट ईण्टलिजिन्टसहित मस्ट पपुलर र थर्ड रनरअप राधिका रेग्मीले मस्ट अट्राक्टिभको टाइटल जितेका छन्।

प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट फोटोजेनिक तथा बेस्ट ड्रेसमा सुनु घले, मस्ट एक्टिभ बिपास्ना बस्नेत, बेस्ट कम्प्लेक्सन उषा गुरुङ, बेस्ट पर्सनालिटी दुर्गा थापा मगर, बेस्ट स्माईल प्रमिला थापा मगर, मस्ट स्मार्ट ज्योति भट्ट, बेस्ट डिसिप्लिन उनिका थापा खड्का, मस्ट चार्मिंग संगम्ता चपाईं, मस्ट पंच्यल सोभा तामाङ्ग, मस्ट ईनर्जेटिभ मनिषा सिग्देल र मस्ट डेलिजेन्ट रुपा अर्याल सापकोटाले प्राप्त गरे। 

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताको निर्णायकमा अभिनेता प्रकाश अधिकारी, मोडेल रिजन थापा, मिसेस नेपाल आइडल बिजेता सृजना श्रेष्ठ र गायिका सुनिता सुब्बा प्रधान रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell