PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पहिलो 'मिस्टर ह्यान्डसम नेपाल' बने मिलन रेग्मी



पहिलोपोस्ट

पहिलो 'मिस्टर ह्यान्डसम नेपाल' बने मिलन रेग्मी

युवाहरुको सौन्दर्य प्रतियोगिता 'मिस्टर ह्यान्डसम नेपाल'को बिजेता मिलन रेग्मी भएका छन्। प्रतियोगिताको पहिलो शृङ्खलाकामा फस्ट रनर्सअपको उपाधी अमोद भट्टले र सेकेण्ड रनर्सअपमा बैभव उपाध्याय घोषित भए।

मिलनले शीर्ष उपाधीसँगै मिस्टर ट्यालेन्ट पनि भए। त्यस्तै अमोदले मोस्‍ट इन्टेलिजेन्ट र पपुलरको उपाधी पनि जिते। थर्ड रनर्सअप विजेता बैभवले पनि फोटोजेनिकको उपाधी पाए।

केवल सुब्बा पब्लिक च्वाइस तथा मस्ट स्मार्टका साथै थर्ड रनर्सअप घोषित भए।

अमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताका अन्य सबटाईटलमा बेस्ट पर्सनालिटी आश्विन राई, मस्ट एक्टिभ मनिष घिमिरे, मस्ट पङ्चुअल आदित्य पासवान, बेस्ट डिसिप्लिन सनिस अर्याल, मिस्टर फ्रेन्ड्ली प्रेम तामाङ र मस्ट डिलिजेन्ट सुजन राईले प्राप्त गरे।

कोरियोग्राफर कला सुब्बाले प्रशिक्षण दिएको यस प्रतियोगिता जमल स्थित रास्ट्रिय नाचघरमा सम्पन्न भएको थियो। कार्यक्रममा निर्णायकको रुपमा नायिका मेलिना मानन्धर, गायक संगीतकार टिका भण्डारी, मोडल शुभ आचार्य र मिस ब्यूटी क्विन नेपाल बिजेता ज्योति प्रसाई थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell