PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

टाइगरको हलिउड डेब्यू कस्तो रहला?



पहिलोपोस्ट

टाइगरको हलिउड डेब्यू कस्तो रहला?

अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणको हलिउड डेब्यूका चर्चा बलिउडमा अझै सुनिन्छन्। उनीहरुको हलिउड डेब्यू सफल नै रहे। 

अहिले बलिउड कै अर्का अभिनेता टाइगर श्रफले हलिउड डेब्यू गर्ने भएका छन्। भारतीय मिडियाका अनुसार हलिउड फिल्म निर्माता लेरेन्स कसनोफ टागरसँग फिल्मबारे छलफल गर्न मुम्बई पुगेका थिए।

फिल्मको टाइटलबारे टाइगरले मुख खोलेका छैनन्। फिल्म एक्सन विधामा बन्ने चर्चा छ। टाइगर करण जोहरको फिल्म 'स्टूडेन्ट अफ दि इयर २'मा पनि देखिने भएका छन्। पछिल्लो समय बलिउड कलाकारको हलिउड क्रेज बढ्दो देखिन्छ। अब टाइगरको हलिउड डेब्यू कस्तो रहला त्यो पछि नै थाह हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell