PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एसिया कप : रसिद खानको अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले हरायो



पहिलोपोस्ट

एसिया कप : रसिद खानको अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले हरायो

बर्थ डे ब्वाए रसिद खानले अलराउण्ड प्रदर्शन गरेपछि एसिया कपमा अफगानिस्तानले बंगलादेशलाज्ञ १३६ रनले पराजित गर्दै समूह बी को विजेता बनेको छ।

अफगानिस्तानको दोस्रो जितमा रसिदले नटआउट ५७ रन बनाए भने किफायती बलिङ गर्दै २ विकेट लिए।

अफगानिस्तानले दिएको २५६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा ११९ रनमा अलआउट भएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेकफ अफगानिस्तानले साहिदि र रसिदको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ७ विकेट गुमूएर २५५ रन बनाएको थियो। साहिदीले ५८ रन बनाए।

रसिदले आठौँ विकेटका लागि गुल्वादिव नैवसँग ९५ रनको साझेदारी गरे। ३२ बल खेलेका रसिदले ८ चौका र १ छक्का प्रहार गरे। नैवले नटबउट ४२ रन बनाए।

बंगलादेशका शकिब अल हशनले ४ विकेट लिए।

ब्याटिङमा पनि बंगलादेशका लागि शकिबले नै धेरै रन बनाए। उनले ३२ रन जोडे। यस्तै ममदुल्लाहले २७ रन बनाएभने मोसाडेक होसेन २६ रनमा नटआउट रहे। बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन।

बंगलादेशलाई अलआउट गर्न अफगानिस्तानका रसिद खानले ९ ओभरमा ३ मेडन राख्दै १३ रन मात्र खर्चेर शकिब र ममदुल्लाहको विकेट लिए। यस्तै मुजिव उर रहेमान र नैवले २-९ विकेट लिए।

अफगानिस्तान र बंगलादेश समूह बी बाट सुपर फोरमा पुगिसकेको छ। समूह ए मा दुई खेल जितेको भारत समूह विजेता र पाकिस्तान उपविजेता हुँदै सुपर फोर पुगेको हो।

अब सुपर फोरमा यी चार टिमले एकआपसमा खेल्नेछ र धेरै अंक जोड्ने दुई टोली फाइनल पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell