PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर : म्यानमारको सामना गर्दै नेपाल



पहिलोपोस्ट

एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर :  म्यानमारको सामना गर्दै नेपाल

काठमाडौँ : एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायरमा समूह इ कै बलियो टोली हो म्यानमार। नेपाल घरेलु मैदानमै खेलिरहेको छर नेपाललाई होम एड्भान्टेज पनि छ।

तर पहिलो खेलमा म्यानमार र नेपालको नतिजा फरक रह्यो।

म्यानमारले मलेसियालाई ३-० ले हराउँदै शानदार सुरुवात गर्‍यो भने नेपाल आफ्नै गल्ती र कमजोर फिनिसिङका कारण फिलिपिन्ससँग ४-० को लज्जासपद पराजय बेहोर्न बाध्य भयो।

यही म्यानमार र नेपालीबीच आज समूह चरणको दोस्रो खेल हुँदैछ। सशस्त्र प्रहरीको मैदान हलचोकमा खेल दिउँसो साढे तीन बजे सुरु हुनेछ। दोस्रो चरण प्रवेशको सम्भावना कायम राख्न नेपालले म्यानमारलाई हराउनैपर्ने बाध्यता छ। पराजयले भने नेपाल समूह चरणबाटै बाहिरिनेछ।

यस्तै पहिलो खेलमा फिलिपिन्सले मलेसियासँग खेल्नेछ।

सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी यू-१६ च्याम्पियनसिपको पहिलो चरणको क्वालिफायरको रुपमा रहेको यस प्रतियोगिताबाट समूह विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ।

क्वालिफायर खेल्ने ६ समूहका उपविजेतामध्ये दुई उत्कृष्ट टोलीले पनि दोस्रो चरणमा स्थान बनाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell