PahiloPost

May 16, 2026 | २ जेठ २०८३

भुकम्पपीडितको सहुलियत ऋण सुविधा असोज मसान्तसम्म, पुरानाको बढेको ब्याज राष्ट्र बैंकले तिर्ने



पहिलोपोस्ट

भुकम्पपीडितको सहुलियत ऋण सुविधा असोज मसान्तसम्म, पुरानाको बढेको ब्याज राष्ट्र बैंकले तिर्ने

काठमाडौँः नेपाल राष्ट्र बैंकले भूकम्पपीडितलाई उपलब्ध गराउँदै आएको पुनर्कर्जा असोजबाट बन्द गर्ने भएको छ। राष्ट्र बैंकले निर्देशन जारी गर्दै असोज मसान्तसम्म मात्र पुनर्कर्जा उपलब्ध गराउने जनाएको छ।

राष्ट्र बैंकले भूकम्पपीडितका लागि शून्य प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउँदै आएको थियो। यसमा दुई प्रतिशत मार्जिन राखेर बैंकहरुले भुकम्प पीडितलाई दिँदै आएका थिए।

पुनर्कर्जाको अवधि एक बर्षको हुन्छ। अर्को एक बर्ष नवीकरण गर्न पाइन्छ। दुई बर्ष पूरा भएपछि बैंकहरुले बजारदर अनुसार भूकम्प पीडितबाट उठाउन थालेपछि राष्ट्र बैंकले तत्काललाई बढी ब्याज नलगाउन निर्देशन दिएको थियो।

अब पुराना ऋणको हकमा दुई बर्ष नाघेपछि राष्ट्र बैंकले आफ्नो कोषबाट ब्याज उपलब्ध गराउने छ। यसो हुँदा भूकम्प पीडितले २ प्रतिशतभन्दा बढि तिर्नु पर्दैन।

राष्ट्र बैंकले राजधानीभित्र २५ लाख र बाहिर १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउँदै आएको छ। नियमित किस्ता तिरिरहेकाहरुको ब्याज मात्र राष्ट्र बैंकले बुझाई दिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell