काठमाडौँ: आज र भोलि उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको बंगालको खाडीमा आएको समुन्द्री आँधीको कारण दुई दिनसम्म मौसम प्रभावित भएको मौसमविद् वरुण पौडेलले बताए।
उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्ला वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ। राजधानी लगायत देशको पूर्वी क्षेत्रमा भोलि बेलुकाबाट मौसममा सुधार आए पनि पश्चिम क्षेत्रमा भने अझै तीन चार दिन प्रभावित हुने पौडेलले बताए।
पौडेलले भने,'समुन्द्री आँधी जम्बु कास्मिर हुँदै पश्चिम-उत्तरतर्फ आइरहेको छ। नेपालमा भने प्रवेश गरिसकेको छैन। यसैको असर नेपालमा देखिएको छ।'
आँधीका कारण भारी वर्षा नहुने मौसमविद् पौडेल बताउँछन्।