काठमाडौं : उपत्यकामा येंया अर्थात् इन्द्रजात्रा सुरु भएको छ।
आज बिहान ८ बजेर ५ मिनेटको शुभ-साइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा भक्तपुर नालाबाट ल्याइएको य:सिं ठड्याइएपछि इन्द्रजात्रा सुरु भएको हो।
पहिले झै केन्द्रीय मानन्धर संघको अगुवाइमा हनुमानढोकामा य:सिं ठड्याइएको हो।
आजैबाट मजिपा लाखे, सवा:भकु, देवी नाच, पुलुकिसि लगायतका नृत्यहरु पनि सुरु भएको छ।
असोज ८ गते सोमबार कुमारी घरबाट कुमारी, गणेश र भैरवको रथ यात्रा गरी तल्लो टोल परिक्रमा गराइनेछ।