PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

'मेरो आफ्नो' बन्ने



पहिलोपोस्ट

 'मेरो आफ्नो' बन्ने

काठमाडौं : पछिल्ला नेपाली फिल्महरुको व्यापार निराशाजनक नै रहे। व्यवसायिक असफल्ताले निर्मातालाई असर पुर्‍याएकै छ। फिल्मको विषयवस्तुलाई दर्शकले चित्त बुझाएका छैनन्। एकप्रकारले फिल्म क्षेत्रमा दर्शकको खडेरी नै परेको देखिन्छ।

यद्धपी अपवादमा हाँस्य विधाका केहि फिल्म छन्। फिल्महरुको व्यवसायिक असफल्ताले फिल्म निर्माण गर्नेहरुलाई भने निरुत्साहित बनाएका
छैनन्। विदेशमा फिल्म चलाएर लगानी उठाउँछु भन्नेहरु धेरै छन्। 

‍फिल्म बन्ने घोषणा दिनदिनै बढ्दो छ। हालै फिल्म 'मेरो आफ्नो' बन्ने घोषणा भएको छ। श्रीराम बरालको प्रस्तुती रहने फिल्मलाई राजु अधिकारीले निर्देशन गर्ने भएका छन्। फिल्म निर्माण टिम आगामी असोज ७ गतेबाट छायाँकनममा जानेछ। फिल्मको छायाँकन मनाङमा हुनेछ। फिल्म मार्फत केवल जंग कुँवरले डेब्यु गर्न लागेका हुन्।  फिल्ममा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ लगायतको अभिनय रहनेछ।

फिल्ममा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको एक्सन र पवन गौतमको छायाँकन रहने छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell