PahiloPost

May 16, 2026 | २ जेठ २०८३

खुर्सिद अन्सारीको हत्याबारे छानविन गर्न समिति गठन



पहिलोपोस्ट

खुर्सिद अन्सारीको हत्याबारे छानविन गर्न समिति गठन

काठमाडौं : हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको हत्याबारे छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ। 

शुक्रवार प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको नेतृत्वमा पाँच सदस्य छानविन समिति  गठन गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

समितिमा सशस्त्र प्रहरी उपरीक्षक रेशम कुमार यम्सु, अनुसन्धान निर्देशक तुलसी प्रसाई, प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत राजेन्द्र पाण्डे छन्। समितिलाई १५ दिन भित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ। 

अज्ञात समूहले बिहीवार बिहान ११ बजे उनीमाथि दुई गोली प्रहार गरेका थिए। एउटा गोली टाउकोमा लागेको अन्सारीको घटना स्थलमा नै मृत्यु भएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell