PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

आमिरको लुक्स कस्तो बन्यो होला?



पहिलोपोस्ट

आमिरको लुक्स कस्तो बन्यो होला?

बलिउड फिल्म 'ठग्स अफ हिन्दुस्तान' बहुप्रतिक्षित फिल्म हो। फिल्ममा आमिर खान मुख्य भूमिकामा छन्। आमिरको फिल्म भएका कारण पनि यसको रिलिज डेटमा धेरैको चासो छ।

यो फिल्म आउँदो तिहारमा प्रदर्शन हुनेछ। फिल्म निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मका पात्रहरु चिनाउन सुरु गरेको छ। फिल्मको पोस्टर मार्फत् केही दिनअघि मात्रै अमिताभको अवतार देखाइएको थियो। खुदाबक्सको भूमिकामा उनी फिल्ममा देखिने छन्। त्यस्तै पछिल्लो समय फतिमा साना शैखको नयाँ अवतार पनि पोस्टरबाट नै सार्वजनिक गरिएको थियो।

निर्माण टिमले कट्रिना कैफको सुरैया अवतार पनि प्रस्तुत गरेको छ। तर, फिल्मका मुख्य अभिनेता आमिरको लुक्स भने सार्वजनिक भएको छैन। तर उनका नयाँ लुक्सका केही झलकहरु सामाजिक सञ्जालमा देख्न पाइन्छ।

भारतीय मिडियाका अनुसार फिल्म फिलिप्प मिडोजको उपन्यास 'कन्फेसन्स अफ ठग'मा आधारित रहेर बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell