PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पोस्टरमा 'दि कर्मा'



पहिलोपोस्ट

पोस्टरमा 'दि कर्मा'

काठमाडौं :'दि कर्मा' निर्माण टिमले फिल्मको प्रचार थालेको छ। टिमले फिल्मको प्रचार अस्त्रका रुपमा फस्ट लुक सार्वजनिक गरेको छ।

भारतका मोडल तथा कलाकार करण वर्मा अभिनित फिल्मको पोस्टर युट्युब भिडियो मार्फत सार्वजनिक गरिएको हो। भिडियोमा करण फिचर्ड छन्। 'मिस्टर इन्डिया २०१७'का विजेता करणका शरिरलाई भिडियोमा 'फोकस्ड' गरिएको छ।

फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्ममा ‍रामेश्वर कार्कीको छायाँकन रहेको छ। फिल्मको प्रदर्शन टार्गेट मंसिर ७ हो। फिल्ममा अष्ट महर्जनको द्वन्द रहेको छ।

जय मिडिया म्यानेजमेन्टको ब्यानरमा बनेको फिल्ममा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतको अभिनय छ। फिल्ममा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell