PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नआत्तिनुस् सरकारसँगको सहमतिसँगै तेल लिन रक्सौल पुगे ट्याङ्कर, व्यवसायी भन्छन्-‘तेल ढुवानी गर्न चालक तयार भए’



पहिलोपोस्ट

नआत्तिनुस् सरकारसँगको सहमतिसँगै तेल लिन रक्सौल पुगे ट्याङ्कर, व्यवसायी भन्छन्-‘तेल ढुवानी गर्न चालक तयार भए’

काठमाडौः नेपाल आयल निगमको दबाबपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)को रक्सौल डिपोमा तेल ल्याउन ट्याङ्कर जान थालेका छन्।

केहीवेर अघिबाट ट्याङ्कर रक्सौल जान थालेका हुन्। ‘निगम र ट्याकरधनीको दबाबपछि रक्सौल तेल लिन ट्याङ्कर जान थालेका छन्। अहिलेसम्म पाँच वटा ट्याङ्कर भन्दा बढी गइसकेका छन्।अब सबै ट्याङ्कर सञ्चालनमा आउँछ। चालकहरू तेल ल्याउन तयार भएका छन्।’वीरगन्जका एक पेट्रोलियम ढुवानी व्यवसायीले भने। उनका अनुसार निगमले ट्यांकरनै कब्जामा लिएर चालकलार्इ कारबाही गर्ने चेतावनी दिएपछि ढुवानी सुचारु भएको हो।

रक्सौल डिपोबाट तेल नआएका कारण काठमाडौँ उपत्यका लगायतका विभिन्न जिल्लामा तेल अभाव सुरु भएको छ। उपत्यका लगायतका जिल्लामा रक्सौलबाटै बढी तेल आउने गर्छ। तीन दिन ढुवानी बन्द हुँदा अहिले उपत्यकाका अधिकांश पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन छ।निगमले आपूर्ति सहज बनाउन निगमले वाइकलार्इ पाँच लिटर र कारलार्इ १५ लिटर मात्रै दिन पेट्रोल पम्पलार्इ निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell