PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित, दोस्रो चरण पुग्ने सम्भावना समाप्त



पहिलोपोस्ट

नेपाल म्यानमारसँग ११-१ गोलअन्तरले पराजित, दोस्रो चरण पुग्ने सम्भावना समाप्त
फोटो : एन्फा

काठमाडौँ : लगातार दोस्रो हारपछि एएफसी यू-१६ वुमन्स च्याम्पियन्स क्वालिफायरको दोस्रो चरणमा पुग्ने नेपालको सपना अधुरै रहेको छ।
घरेलु मैदानमै भएको क्वालिफायरमा नेपाल शुक्रवार म्यानमारसँग ११-१ को फराकिलो अन्तरले पराजित भयो।

सशस्त्र प्रहरी बलको मैदान हलचोकमा भएको खेलमा म्यानमारले पहिलो हाफमा गोलको वर्षा नै गरेको थियो। पहिलो हाफमा म्यानमारले १० गोल गर्‍यो। दोस्रो हाफमा भने दुवै टोलीले एक-एक गोल गरे। 

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो। हलचोकमा भइरहेको प्रतियोगितामा म्यानमार र फिलिपिन्सले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन्।

अब यी दुई टोलीबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ। नेपालले अन्तिम खेल मलेसियासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell