PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

पौडेलले २५ वर्षमा नगरेको विकास ५ वर्षभित्र गर्छु : सांसद श्रेष्ठ



पहिलोपोस्ट

पौडेलले २५ वर्षमा नगरेको विकास ५ वर्षभित्र गर्छु : सांसद श्रेष्ठ

तनहूँ : प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले कांग्रेस नेता रामचन्द्र पौडेलले २५ वर्षसम्म नगरेको जिल्लाको विकास ५ वर्षभित्र गरेर देखाउने दावी गरेका छन्। 

भानु नगरपालिका–३ तुरतुरेस्थित जनजागृती माविमा सञ्चालित शैक्षिक तथा धार्मिक महोत्सव तथा सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन बुधबार बोल्दै सांसद श्रेष्ठले कांग्रेस नेताहरु २५ बर्ष सम्म जिल्लाको विकासकोलागि केही काम नगर्ने तर चुनाव हारेपछि कम्युनिष्टले केही गर्न सकेनन् भनेर प्रचारबाजीमा उत्रिएको आरोप लगाए।  

आफू सांसदमा निर्वाचित भएको ६ महिना मात्रै भएको भन्दै सांसद श्रेष्ठले अहिल्यै किसानले समेत केही गर्न सकेन भनेर कांग्रेस नेताहरुले जनतामा भ्रम फैलाउन थालिसकेको बताए।    

तनहुँका सबै निकायमा गरी ४ अर्बभन्दा बढी बजेट आएको र त्यो बजेट संघीय सरकारकै भएको समेत सांसद श्रेष्ठको भनाई थियो। सोही अवसरमा सांसद श्रेष्ठले आफ्नो एक महिना बराबरको तलब महायज्ञलाई सहयोग गर्ने घोषणा समेत गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell