PahiloPost

May 16, 2026 | २ जेठ २०८३

भरतपुर र भरतपुर पश्चिमतर्फ लोडसेडिङ फर्कँदै, के हो कारण?



पहिलोपोस्ट

भरतपुर र भरतपुर पश्चिमतर्फ लोडसेडिङ फर्कँदै, के हो कारण?

काठमाडौँ : भरतपुर र भरतपुरबाट पश्चिमतर्फ १२ दिनका लागि लोडसेडिङ फर्कने भभएको छ। 

१४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गर्नुपर्ने भएकोले लोडसेडिङ हुन लागेको हो। 

नेपाल विद्युत प्राधिकरणका अनुसार असोज ७ गते देखि ११ गते सम्म र कात्तिक ६ गते देखि १२ गते सम्म कालीगण्डकीबाट विद्युत उत्पादन बन्द हुनेछ। यो आयोजना बन्द हुँदा भरतपुर र भरतपुरबाट पश्चिमतर्फ लोडसेडिङ हुनेछ।

भरतपुर पश्चिममा १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति भइरहेका घरायसी तथा औद्योगिक क्षेत्रमा आयोजनाको मर्मत सम्भार नसकिएसम्म लोडसेडिङ हुनेछ।दुवै समयमा भरतपुर चितवन पश्चिमका १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति हुने सबै जसो ठाउँमा लोडसेडिङ हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell