PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सरकारद्वारा तीन डिआइजीलाई एआइजीमा बढुवा, को कहाँ भए पदस्थापन?



पहिलोपोस्ट

सरकारद्वारा तीन डिआइजीलाई एआइजीमा बढुवा, को कहाँ भए पदस्थापन?

काठमाडौँः  सरकारले गृह मन्त्रालयको बढुवा समितिले गरेको सिफारिश अनुसार नेपाल प्रहरीका तीन डिआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ। 

बढुवा सिफारिसको पहिलो नम्बरमा डिआइजी पुष्कर कार्की, दोस्रोमा ठुले राई र तेस्रोमा  धिरु बस्नेतको नाम रहेका थिए।

सरकारले कार्कीलाई प्रहरी प्रधान कार्यालयमा रहेको कार्य तथा अपराध अनुसन्धान विभागमा, राईलाई मानव स्रोत तथा प्रशासन विभागमा र बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरेको छ।  

बढुवाका लागि पाँच जना प्रतिस्पर्धी थिए। सरकारले तीन जना मात्र एआइजी बनाउने निर्णय गरेसँगै पाँच जना डिआइजी मध्येबाट तीन जनालाई बढुवा गरिएको हो। प्रतिस्पर्धामा रहेका डिआइजी मनोज न्यौपाने र सुरेन्द्रविक्रम शाह भने बढुवा सूचीमा परेनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell