PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

पम्पमा चर्को लाम हुन थालेकाले आज विदाको दिन पनि निगमले पम्पलाई तेल दिँदै



पहिलोपोस्ट

पम्पमा चर्को लाम हुन थालेकाले आज विदाको दिन पनि निगमले पम्पलाई तेल दिँदै

काठमाडौं : पेट्रोल पम्पमा चर्को लाम बढ्न थालेपछि आयल निगमले विदाको दिन पनि इन्धन सप्लाइ गर्ने भएको छ। विशेष परिस्थितका कारण विदाको दिन पनि थानकोट डिपोले शनिबार पनि तेल वितरण गर्ने भएको हो। चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले बिदाको दिनमा समेत वितरण गर्न लागेको हो।

‘शुक्रबारदेखि रक्सौंलबाट समेत तेल आउन थालिसकेको छ। हामीले शनिबारसमेत डिपो खोलेर तेल दिँदैछौं,’ थानकोट डिपो प्रमुख भरत रेग्मीले भने, ’उपभोक्ता आत्तिएर तेल भण्डारण गर्न आवश्यक छैन। अहिले बाटोमा रहेको तेल आएमा शनिबार देखि नै मागे अनुसार वितरण गर्न सक्ने अवस्थामा हुनेछौं।’

थानकोट डिपोले शुक्रबार ५ लाख ८ हजार लिटर पेट्रोल र  ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको छ। ‘हामीले ४० गाडी पेट्रोल र ४३ गाडी डिजल वितरण गरेका छौं। यो सामान्य समयको माग अनुसारको तेल हो,’ रेग्मीले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell