PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

दसैं नजिकिँदा बसकै टन्टा, बुकिङ खुल्ने कहिले?



पहिलोपोस्ट

दसैं नजिकिँदा बसकै टन्टा, बुकिङ खुल्ने कहिले?

काठमाडौं : दसैं नजिकिँदै गर्दा बस टिकट बुकिङको अन्योलता भने अझै टुंगोमा पुगेको छैन। 

सरकार र यातायात व्यवसायीबीच हिजो भएको छलफल निष्कर्षमा नपुगेकाले अग्रिम बुकिङ अन्योलमा परेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अर्को बैठक बसेर टुंगो लगाउने निर्णय भएको जानकारी दिए। 'हामीले आफ्ना माग सरकारसँग राख्यौं। उहाँहरुले हामीले राखेका मागका बारेमा अर्को बैठकमा टुंगो लगाउने जानकारी दिनुभयो,’ उनले भने।

यातायात व्यवस्था विभाग र व्यवसायीबीच असोज ५ गतेबाट अग्रिम बुकिङ खोल्ने सहमति भएको थियो। तर आयल निगमले पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेपछि विज्ञप्ति निकाल्दै ४८ घण्टाभित्र मुल्यवृद्धि फिर्ता नलिए बुकिङ नखोल्ने अडान लिए।

व्यवसायीहरु सरकारकासँग पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता, रोक्का भएको खाता फुकुवा, भाडा समायोजनको शर्त राखेका छन्।समितिहरुको खाता रोकिएका कारण कर्मचारीलार्इ तलव खुवाउन नसकिएको,घाइतेको उपचार गर्न नसकिएको भन्दै बैक खाता खोलिदिन माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell