PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

२१ तोला सुन सहित व्यवसायी पक्राउ 



पी बी खड्का

२१ तोला सुन सहित व्यवसायी पक्राउ 

सुर्खेत : प्रदेश नं. ५ नेपालगञ्जका एक सुन व्यवसायी कर्णालीको राजधानी सुर्खेतमा पक्राउ परेका छन्।

करिब २१ तोलाभन्दा बढी सुनसहित नेपालगञ्ज उपमहानगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष व्युरोका प्रहरी टोलीले वीरेन्द्रनगरको सुब्बाकुनाबाट पक्राउ गरेको हो। 

भे ५ प १८ नम्बरको मोटरसाइकलमा लुकाउँदै ल्याएको विशेष सुचनाको आधारमा विशेष व्युरोको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए।

‘विशेष सूचनाका आधारमा ६ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष व्युरोका प्रहरी टोलीले पक्राउ गरेको हो,’ उनले भने, ‘सुव्वाकुनाको चेक पोष्टमा चेकजाँच गर्न खोज्दा तीनसय मिटर पर भाग्दै गर्दा प्रहरीले पिछा गरेर पक्राउ गरेको हो।’

उनका अनुसार पक्राउ परेका उनी नेपालगञ्जका व्यापारी रहेको बुझिएको छ। मोटरसाइकलमा लुकाइएको अवस्थामा करिब २१ तोला ७९ ग्राम सुन बरामद गरिएको हो।
 
प्रवक्ता चौधरीका अनुसार बरामद गरिएको सुन करिब १२ लाख बजार मूल्य रहेको छ। पक्राउ परेका व्यापारीलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाएर थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell